होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुर मर्कामा
समाचार

सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुर मर्कामा

  • नागरिक रैबार
सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुर मर्कामा

धनगढी : लकडाउनका कारण सुदूरपश्चिमका यातायात व्यवसायी र मजदुरहरु मर्कामा परेका छन्। लकडाउनपछि सार्वजनिक यातायात सञ्चालन हुन नसकेको भन्दै उनीहरुले मर्कामा परेको गुनासो गरेका हुन्।

यस्तै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटा नेतृत्वको टोलिले कोरोना भाइरसका कारण भएको लकडाउनले यातायात ब्यबसायी र मजदुरमा पर्न गएको समस्याको विषयमा ज्ञापन पत्र बुझाएको हो।

विज्ञापन

लकडाउनका कारण यातायात संचालन हुन नसक्दा बैंकको किस्ता, ब्याजका साथै नवीकरण शुल्क र बिमाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको प्रालिका अध्यक्ष सापकोटाले बताए। ज्ञापन पत्र बुझ्दै प्रदेश सरकारका मुख्यमन्त्री भट्टले यातायात ब्यबसायी तथा मजदुरहरुको समस्या संघीय सरकार समक्ष राख्ने प्रतिबद्धता ब्यक्त गरे।

यस्तै आर्थिक मामिका तथा योजना मन्त्री बोहराले सवारीसाधनको बार्षिक कर छुट र नवीकरणमा सहुलियत दिइ सकेको बताउदै बैंकको बारेमा समेत आफुले बुझ्ने र सकेको सहुलियत दिन आग्रह गर्ने बताए।  यसैगरी भौतिक पुर्वाधार बिकास मन्त्री बोहराले यातायात क्षेत्रलाई धरासायी हुन नदिन आफुले पहल गर्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार