होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने
समाचार

अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

  • नागरिक रैबार
अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

ग्राहक स्वयं उपस्थित हुन नसकेको अवस्थामा कानुनबमोजिमको वारेसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने निर्देशन प्राधिकरणले दिएको छ ।

विज्ञापन

कुनै एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिटल सेवा तथा डेटासम्म पहुँच पुग्ने र सुरक्षा खतरा हुने भएकाले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । निर्देशन पालना नभएको अवस्थामा दूरसञ्चार ऐनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै