होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीको बजेट ‘कपीपेस्ट’, शिर्षक पनि गत र चालु बर्षकै हुवहु सारियो
देश/प्रदेश

धनगढीको बजेट ‘कपीपेस्ट’, शिर्षक पनि गत र चालु बर्षकै हुवहु सारियो

  • नागरिक रैबार
धनगढीको बजेट ‘कपीपेस्ट’, शिर्षक पनि गत र चालु बर्षकै हुवहु सारियो

धनगढी : धनगढी उप–महानगरपालिकाले बुधवार आगामी आर्थिक बर्षका लागि डेढ अर्ब बढीको बजेट ल्याएको छ। उप–महानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको बजेट पाँचौ नगर सभामा पेश गरिन्। प्रस्तुत बजेट अनुसार चालु तर्फ ८५ करोड र पूँजीगत तर्फ ७८ करोड ८२ लाख रहेको छ।

तर उप–महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेट चालु र गत आर्थिक बर्षकै हुवहु सारिएको छ। नीति, कार्यक्रम तथा बजेटमा गत बर्षका शब्द समेत परिवर्तन नगरी कपीपेष्ट गरिएको छ।

कृषि तर्फ एक वडा एक उत्पादन, सबै वडामा माटो परीक्षण, कृषि बीमामा जोड, दुध, मासु, माछा र अण्डामा आत्मनिर्भर बनाउने योजना उप–महानगरपालिकाको पछिल्लो तीन बजेटमा अटाएकोमा आगामी बर्षको बजेटमा पनि शब्द समेत परिवर्तन नगरी राखेको छ।

विज्ञापन

क्वारेन्टाईन चेकपोष्ट स्थापना गरी अनियन्त्रित रुपमा आयात भइरहेका अस्वस्थ खाद्य पर्दाथ आयात नियन्त्रणका लागि आवश्यक पहल गर्ने योजना पनि कपि पेष्ट भएको छ। कुरिलो, घ्युकुमारी, अमला, वेल, रुद्राध्क्ष जस्ता वनस्पती खेतीलाई प्रोत्साहन गर्ने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा आगामी आर्थिक वार्षमा पनि अटाएको छ।

पशु क्षेत्रका कार्यक्रमहरु पनि हुवहु सारिएका छन्। नगर क्षेत्रमा व्यवस्थित पशु बधशाला निर्माण गर्ने, बधशालारुको उचित व्यवथापन गर्ने र नियमित अनुगमन गर्ने कार्यक्रम पनि आगामी आर्थिक वार्षको नीति तथा कार्यक्रममा समावेस गरिएको छ। चालु आर्थिक वर्ष र आगमी आर्थिक वर्षको लागि ल्याईएको  पर्यटन क्षेत्रका सवै कार्यक्रमहरुको शिर्षक समेत परिवर्तन नगरी सारिएको छ।

कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने, वडा नम्बर  ४, ५, ६ र १३ मा रहेको सामुदायिक वन भित्रवाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरि सामुदायिक वनलाई स्थानीय उद्यान बनाइनुका साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, वरिपरी साईकल ट्रयाक निर्माण गर्ने, वडा नम्बर ३ को सामुदायिक वन क्षेत्र देखि शिवपुरी धाम, जाखोर ताल हुँदै बेहडावावा सम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साईकल ट्रयाक निर्माण गर्ने, सार्वजनिक निजि साझेदारी अवधारणा अनुसार सुविधा सम्पन्न सपिङ्ग कम्पलेक्स सहितको भ्यू टावर तथा घण्टा घरको निर्माण गर्ने योजनाहरु तीन आर्थिक बर्षदेखि शब्द समेत नफेरी बजेटमा अटाएका छन्।

एक वडामा एक नमूना सामुदायिक विद्यालय स्थापना लगायत शिक्षा तर्फ पनि गत र चालु बर्षकै योजना हुवहु सारिएको छ भने स्वास्थ्य तर्फ पनि कैलाली भन्सारमा हेल्थ डेस्क स्थापना गरी औलो र एचआईभी परीक्षण गर्ने लगायतका सबै योजना गत र चालु आर्थिक बर्षकै आगामी बर्षको बजेटमा पनि अटाएका छन्।

भौतिक पूर्वाधार तर्फ सडकको मर्मत सम्भार, पक्की नाली निर्माणपछि मात्र सडक कालोपत्रे, एकिकृत शहरी विकास योजना कार्यान्वयन, नेतुवा तालमा वाटर पार्क निर्माण, सबै वडमा खानेपानीको पहुँच विस्तार, खाल्डाखुल्डी रहित उपमहानगर बनाउने, एक वडा एक खेल मैदान निर्माण गर्ने, मुुख्य सडकको दायाबाँया हरियाली बनाउने, खोलानालाको अतिक्रमण हटाउने योजना पनि पछिल्ला तीन बर्षको बजेटमा हुवहु सारिएको छ।

उद्योग तथा बाणिज्य, सहकारी, समाजिक, सास्कृतिक, वन वातावरण, विपद व्यवस्थापन लगायतका कार्यक्रमहरु पनि गत आर्थिक बर्ष र चालु आर्थिक बर्षकै हुवहु छन्। यस बर्षको बजेटमा कोरोना भाईरसको जोखिम नियन्त्रणका योजना भने थप गरिएका छन् भने अन्य कुनै पनि नयाँ योजना छैनन्।

तीन बर्षदेखि कुनै पनि योजना नफेरीएपछि बजेटमा अटाएका योजना कार्यान्वयन नै नभएको पनि पुष्टि भएको छ। बजेटमा योजना राख्ने तर कार्यान्वयन नगर्ने परिपाटीले उप–महानगरपालिकाले गत विगतका बर्षमा ल्याएको बजेट नै आगामी बर्षका लागि पनि पारित गरेको हो।

यता उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने यस बर्ष अधिकासं योजना कार्यान्वयनमा समस्या भएकाले गत बर्षकै कार्यक्रमलाई निरन्तरता दिईएको बताए। ‘तीन बर्षदेखि बजेटमा एउटै कार्यक्रम अटाउनुको अर्थ कुनै पनि योजना कार्यान्वयन भएनन भन्ने होईन्,’ उनले भने, ‘यो आर्थिक बर्षका कार्यक्रम कम कार्यान्वयन भएका होलान। गत विगतमा भने धेरै योजना कार्यान्वयन भएका थिए।’दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १३ घन्टा अगाडि