लकडाउनको समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् ।
बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए ।
पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।
फेसबुक प्रतिक्रियाहरु