९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३०औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच प्रमुख आयुक्त जोशीले आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु