होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • देउडा गायक बोहराको स्वरमा ‘आमा’ नामक लोक गीत बजारमा
बाजुरा बिशेष

देउडा गायक बोहराको स्वरमा ‘आमा’ नामक लोक गीत बजारमा

  • नागरिक रैबार
देउडा गायक बोहराको स्वरमा ‘आमा’ नामक लोक गीत बजारमा

नागरिक रैबार/बाजुरा ९ पुस। लोक देउडा गायक देव बहादुर बोहराको स्वरमा पहिलो लोक गीत सार्वजनिक भएको छ । गौमुल गाउँपालिका घर भएका लोक देउडा गायक बोहराको स्वरमा बजारमा आएको यो लोक गित पहिलो हो । उनले यस अघि मार्तडी बजार नाम देउडा गीत दर्शकमाझ ल्याईसकेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकमा सुरक्षागार्डमा कार्यरत समेत रहेका गायक बोहरा पछिल्लो समयमा कलाकारितामा समेत जम्न थालेका छन् । उनले यस अघि ल्याएको देउडा गीत पनि निकै चलेको थियो ।गीतमा देब बोहरा र दिपा बोहराको स्वरमा रहेको आमा नामक लोकगीत बुधबार अस्मिता म्युजिक युट्युव च्यानल मार्फत बजारमा आएको हो ।

राजेन्द्र रावत एचडि गुदु ओली, करिस्मा रावल, र कृष्ण रोकायाको गीतमा अभिनय देख्न सकिन्छ । गीतको छायांकन विरेन्द्र सिंहले गरेका छन् । बडीमालिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको छायांकन धनगढीको गोदावरीमा गरिएको हो । गीतको शव्द संगीत र निर्देशन राजेन्द्र रावत एचडिले गरेका छन् ।

विज्ञापन

https://www.youtube.com/watch?v=PdcLHc-KgAA&feature=emb_logo

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार