होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्ड–माधव पक्षका सवै सदस्य निर्वाचन आयोग र सर्वोच्च जाने
देश/प्रदेश

प्रचण्ड–माधव पक्षका सवै सदस्य निर्वाचन आयोग र सर्वोच्च जाने

  • नागरिक रैबार
प्रचण्ड–माधव पक्षका सवै सदस्य निर्वाचन आयोग र सर्वोच्च जाने

काठमाडौं । नेकपाको प्रचण्ड माधव समुहका सबै केन्द्रीय सदस्यहरु शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएका छन् । उनीहरु १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने भएका हुन् ।

यसअघि केन्द्रीय समितिका निर्णयहरु आयोगलाई जानकारी गराएको प्रचण्ड -नेपाल पक्षले नेकपाको आधिकारिकताका लागि आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर र बैठकका निर्णयहरु बुधबार आयोगमा बुझाएको हो ।

नेकपाको ओली पक्षले आफूलाई वैधानिक दावी गरेपछि प्रचण्ड नेपाल पक्ष सवै केन्द्रीय सदस्यसहित आयोग जान लागेका हुन् । संविधान त कुनै पार्टी फुटे फुट्दा जसको पक्षमा बहुमत हुन्छ उसैले पुरानो पार्टी पाउने व्यवस्था छ । निर्वाचन आयोगमा दर्ता भएको मौजुदा नेकपामा रहेका ४४१ सदस्यमध्ये प्रचण्ड पक्षसँग ३१५ भन्दा बढि केन्द्रीय सदस्य रहेका छन् भने ओली पक्षमा बाँकी रहेका छन् ।

विज्ञापन

निर्वाचन आयोगमा दुवै पक्षले आफू आधिकारिक भएको भनेका छन् भने सर्वोच्चमा संसद विघटनविरुद्ध मुद्दा दायर गरेका छन् । शुक्रबार उक्त मुद्दाको सुनुवाई हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १५ घन्टा अगाडि

भर्खरै