होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती अस्पतालकी कर्मचारी भन्छिन्– श्रीमानले जागिर गुमाए, म संक्रमित अब छोरी कसरी पाल्ने
समाचार

सेती अस्पतालकी कर्मचारी भन्छिन्– श्रीमानले जागिर गुमाए, म संक्रमित अब छोरी कसरी पाल्ने

  • नागरिक रैबार
सेती अस्पतालकी कर्मचारी भन्छिन्– श्रीमानले जागिर गुमाए, म संक्रमित अब छोरी कसरी पाल्ने

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १४ की २७ वर्षीय महिला कोरोना महामारीपछि सेती अस्पतालमा काम गर्न थालेकी हुन्। अस्पतालले आईसोलेसन वार्डमा ८ जना सरसफाई कर्मचारी भर्ना गर्दा उनले पनि गत बैशाखमा जागिर पाईन्।

‘७ वर्षीय छोरीलाई घरमै छोडेर उनको पालन पोषणका लागि खर्चको जोहो गर्न महामारीका बेला सरसफाईको काम गर्नु रहर नभएर बाध्यता थियो।’ उनले भनिन्, ‘सबैतीर महामारी फैलिएका बेला कोरोनाका बिरामी भर्ना हुने आईसोलेसनको सरसफाईको काम थाल्दा मनमा भय भएपनि विपन्नता मेरो ठुलो बाध्यता थियो।’

बैशाखदेखि एक महिना आईसोलेसन र एक महिना अन्य वार्डहरुको सरसफाई गर्ने कार्यतालिका निर्धारण गरेर उनीहरुलाई अस्पतालले काममा खटाएको थियो।

आईसोलेसनको सरसफाई गर्ने एक महिने डिउटी सकेर कोरोना परीक्षणपछि मात्र उनीहरु अन्य वार्डको सरसफाई गर्न पाउँछन्। तर आईतबार कोरोना पुष्टि भएपछि उनी अस्पतालको अन्य वार्डमा सफाईमा जान पाईनन् र अन्य संक्रमित राखिएको आईसोलेनमै भर्ना भईन्।

अस्पतालले कोरोना पोजेटिभ देखिएको रिर्पोट थमाएपनि उनमा स्वास्थ्य समस्या भने छैन्। ‘स्वास्थ्यमा त्यस्तो समस्या त केही छैन्। तरपनि मन आत्तिदो रहेछ।’उनले भनिन्, ‘रिर्पोट पोजेटिभ आयो भन्दा मन आत्तियो तर मसँगै काम गर्ने दिदी पनि संक्रमित भएकाले खासै पिर लागेन। अहिले हामी छुट्टै बसेका छौँ।’

ती महिलाका श्रीमान कोरोना महामारीपछि मात्र भारतबाट फर्किएका थिए। श्रीमानको भारतको रोजगारी गुमेपछि दैनिक चलाउन उनी सेती अस्पतालमा सरसफाई कर्मचारीका रुपमा काम गर्न थालेकी हुन्। उनले अहिले श्रीमान र छोरी घरमै रहेको सुनाईन्।

‘श्रीमानको रोजगारी गुमेपछि खर्चको जोहो गर्न सरसफाईको काममा लागेकी हुँ तर म आफै संक्रमित भए। अब कसरी दैनिकी चलाउने? छोरीलाई कसरी पाल्ने ?’उनले भनिन्।

तर स्वास्थ्यमा कुनै खालको समस्या नभएकाले कोरोनालाई जितेर पुनः काममा फर्किने विश्वास उनमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि