धनगढी : सुदूरपश्चिममा थप दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
यसअघि कञ्चनपुरको पुनर्वासका दुई र लालझाडीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको थियो। यस्तै डडेल्धुरा अस्पताल र सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना देखिएको थियो।
बाजुरमा पनि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो। संक्रमित स्वास्थ्यकर्मीको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ।
फेसबुक प्रतिक्रियाहरु