होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि
देश/प्रदेश

कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि

धनगढी : कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार तीन सय ३४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका चार सय ६० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौँ, अछामका ८८, बाजुराका ९३, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७५ जना निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै