होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • मार्तडीमा ७ दिने अचार बनाउने तालिम सम्पन्न
बडीमालिका

मार्तडीमा ७ दिने अचार बनाउने तालिम सम्पन्न

  • नागरिक रैबार
मार्तडीमा ७ दिने अचार बनाउने तालिम सम्पन्न

नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराका महिलाहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले सदरमुकाम मार्तडीमा संचालन भएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग र आयोजनामा संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।। १५ जना सहभागि महिलाहरुलाई ७ दिनसम्म स्थानीय स्तरमा पाईने खाद्य वस्तुबाट अचार कसरी बनाउने भन्ने बारेमा सिकाईएको छ ।

तालिममा बडीमालिका, बुढीनन्दा, त्रिवेणी, बुढीगंगा नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका गरि १५ जना महिला सहभागि भएका थिए । तालिम अवधिभर घर वरपर सहजै पाईने लप्सी, काँक्रो, अमला, चोतो, मुला, करेला, आँप, गाजर लगायतका खाद्य सामाग्रीबाट बन्ने अचारका परिकारहरु बारे सिकाईएको प्रशिक्षक पार्वति महराले बताएकि छन् ।

विज्ञापन

तालिमको समापन कार्यक्रममा बाल्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मानबहादुर चाडले बाजुराका महिलाहरुलाई विभिन्न आय आर्जनमुलक तालिम प्रदान गर्ने बताएका थिए । उनले अचार बनाउने तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको बताएका थिए ।

त्यस्तै आईएन एफ नेपाल बाजुराका संयोजक जहारीलाल कार्कीले यो तालिम पश्चात व्यवसायीक बन्न सके महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।

तालिममा आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमा अब जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको दिदि बहिनी उद्यमशिल समूहकी अध्यक्ष कमल कुमारी शाहले बताईन् । तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा सिकाई भएको तालिममा सहभागि महिलाहरुले बताएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय बाजुराका प्रमुख मानबहादुर चाडको अध्यक्षतामा सम्पन्न गरिएको ७ दिने तालिममा आईएन एफ नेपाल बाजुराका प्रमुख जुहारीलाल कार्की, तालिम प्रशिक्षक पार्वति महरा लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम समापनको संचालन घरेलु तथा साना उद्योग कार्यालय बाजुराका पदम ऐरीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार