होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • औपचारिक रुपमै फुट्यो नेकपा
देश/प्रदेश

औपचारिक रुपमै फुट्यो नेकपा

  • नागरिक रैबार
औपचारिक रुपमै फुट्यो नेकपा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् ।

केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद सर्वोच्च अदालतमा पुग्ने स्थिति देखिन्छ ।

ओली समूहले कोही कसैलाई कारवाही नगरी ५५६ केन्द्रीय सदस्य थपेर महाधिवेन आयोजक कमिटी बनाएको छ । ओलीले एकप्रकारले नेकपा पुनर्गठन गरेका छन् । दाहाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

विज्ञापन

ओली पक्षबाट पार्टी प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले अध्यक्ष, महासचिव र माइन्युटबिनाको बैठक बैधानिक नहुने भन्दै दाहाल–नेपाल पक्षले वैधानिकता नपाउने दाबी गरे । दाहाल नेपाल पक्षले भने साबिक नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जना आफूसँग रहेको दाबी गरेको छ । दाहाल–नेपाल समूहले बहुमतको निर्णय मान्य हुने भएकाले आफूहरु नै संस्थापन पक्ष भएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार