होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सुरु गरौंः मन्त्री गुरुङ
समाचार

महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सुरु गरौंः मन्त्री गुरुङ

  • नागरिक रैबार
महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सुरु गरौंः मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि पनि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

जिल्ला समन्वय समिति महासंघ, नेपालले आईतबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाज रुपान्तरणको माध्यामबाट मात्रै महिला हिंसा अन्त्य हुने उल्लेख गर्दै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने स्मरण पनि गराए । ‘समाजमा विद्यमान महिला हिंसा अन्त्यका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र योजना बनाएको छ’ मन्त्री गुरुङले भने , ‘तर त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले पहलकदमी लिनुपर्दछ ।’

मन्त्री गुरुङले विगतमा लामो समय स्थानीय तहमा जनप्रतिनिधिहरु नहुँदा पनि महिला हिंसाका घटना बढन गएको उल्लेख गर्दै अव त्यस्ता घटना हुन नदिन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । महिला हिंसा अन्त्यका लागि सरकार प्रदेश र स्थानीय सरकारलाई सबै खालको सहयोग गर्न तयार रहेको मन्त्री गुरुङको भनाई थियो ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौंलाले महिला हिंसा अन्त्यका लागि बनाइएका नीति, नियम र कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् । जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सिताकुमारी सन्दास, अधिकारकर्मी रेणु अधिकारी लगायतले महिला हिंसाका घटना बढदै गएकोमा चिन्ता व्यत्त mगर्दै न्यूनिकरणका लागि सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि