होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय
समाचार

उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय

  • नागरिक रैबार
उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय

काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए ।

सिडिओ दाहालले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’

विज्ञापन

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा भदौ १ गते मध्यरातिसम्म कायम हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार