होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

७ भदौ, डोटी । गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले पुष्टि गरे ।

उनले भने ‘चालकमा कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा त बस्नु परिहाल्यो नि ।’ भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका मुख्यमन्त्री भट्टसंगै उनको परिवारका सदस्यहरु पनि गएका थिए ।

विज्ञापन

परिवारका सदस्यहरुलाई बोकेको गाडीका चालकमा कोरोना संक्रमण देखिएका ओलीले बताए ।

ओलीले मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको बताए ।a

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार