काठमाडौं – विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ ।
सोही क्षेत्रका केही स्थानमा भारो वर्षासमेत भएकाले आकस्मिक आसपासका नदीनाला तथा खोलाखोल्सीमा बाढी आउन सक्ने केन्द्रले चेतावनी दिएको छ ।केन्द्रले सर्लाही, रौतहट, बारा र रूपन्देही भएर बहने साना नदीमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरेको छ ।
यस्तै आगामी तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान पनि गरिएको छ ।आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्क रहन केन्द्रले आह्वान गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु