नागरिक रैबार/बाजुरा ८ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा ल्याएको छ ।
बडीमालिका नगरपालिकाले कोभिड-१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो ।
बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा रहेको ठगुन्नाको घरलाई भाडामा लिएर २० वेडको आईसोलेशन केन्द्र विहिबारबाट संचालनमा ल्याएको नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
विहिबार सोही आईसोलेशन केन्द्रको एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले रिबन काटेर उद्घाटन् गरी संंचालनमा ल्याउनु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले बाजुरा जिल्लाका लागि उदारणीय कार्य भएको बताएका छन् । उहाँले बडीमालिका नगरपालिकाको समन्वय र आइएन एफ बाजुराको सहयोगमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएपछि बाजुराबासीलाई सहज हुने बताएका छन् ।
आईएन एफ बाजुराले सदरमुकाममा २० वेडसहितको आईसोलेशन केन्द्र संचालनका लागि २० वटा वेड, ५० वटा पिपिई सेट २ सय पीस केएन ९५ मास्क, २ हजार जोडा मेडिकल ग्लोव्स र ५ वटा टेन्टहाउस सेट लगायतका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको आईएन एफ बाजुराका परियोजना संयोजक जुहारीलाल कार्कीले बताएका छन् ।
बाजुरामा हालसम्म ५ सय ६९ संक्रमित छन् । जसमध्ये २ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ५ सय ४९ जना निको भएर घर गईसकेका छन् । अहिले १ जना आईसोलेशनमा उपचारारत अवस्थामा रहेका छन् । त्यस्तै १९० जना क्वारिन्टाईनमा रहेका छन् । त्यसैगरि १११ जनाको पिसिआर रिपोट आउन बाँकी रहेकोे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु