होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • उखु खेतीमा आत्मनिर्भर बनाउन कृषकलाई विउ वितरण
Breaking News

उखु खेतीमा आत्मनिर्भर बनाउन कृषकलाई विउ वितरण

  • नागरिक रैबार
उखु खेतीमा आत्मनिर्भर बनाउन कृषकलाई विउ वितरण

नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट सो स्थानका कृषकहरुलाई उखुको वीउ वितरण गरेका हुन् ।


बाजुराको ईक्डीगाड देखि मार्तडी सम्मको सडकको छेउछाउमा उखु खेती विस्तार गर्ने अभियान अन्तरगत उखुको वीउ माग गरेका कृषकहरुलाई उखुको वीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत एंव सूचना अधिकारी मीन प्रसाद जैशीले बताए ।


बाजुरा प्रबेस संगै इकडी गाड देखी मार्तडी सम्मको सडकका छेउछाउमा उखु र केरा खेती गर्नका लागि अभियानका साथ कृषि ज्ञान केन्द्र बाजुरा लागि रहेको छ ।
अहिले रोपेको उखुलाई अर्को वर्ष देखि जुस वनाएर वेच्ने अनि वाँकि उखुलाई मालुको पातमा वेरीएको बाजुराको अर्गानिक भेली (गुड) वनाएर वेच्ने लक्ष रहेको सूचना अधिकारी जैशीको भनाई छ ।

विज्ञापन


जमिन पनि सुरक्षित हुने हरीयाली पनी देखीने र कृषकहरुलाई उखु खेती र केरा खेतीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सो अभियान थालिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाजुरावाट साँफे मार्तडी सडक खण्डको दाँया वाँया यस वर्ष देखि उखु खेतीको क्षेत्र विस्तार गर्ने र अर्को वर्षवाट बाजुराको पहिचान झल्किने अत्यन्तै मिठो बाजुरेली मुसे केरा रोप्ने अभियान शुरु गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार