होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली समूहले सातै प्रदेशमा भेला गर्ने, सुदूरपश्चिममा लेखराज, ज्ञवाली र थापालाई खटाइयो
समाचार

ओली समूहले सातै प्रदेशमा भेला गर्ने, सुदूरपश्चिममा लेखराज, ज्ञवाली र थापालाई खटाइयो

  • नागरिक रैबार
ओली समूहले सातै प्रदेशमा भेला गर्ने, सुदूरपश्चिममा लेखराज, ज्ञवाली र थापालाई खटाइयो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले दुई दिनभित्रै प्रदेशमा भेला गर्ने भएको छ।

भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन्। बालुवाटार बैठककाे निर्णयले सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ।

त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ। लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ।

विज्ञापन

गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन्। बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन्। र, प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने आजको ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकले गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार