होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३१ पुग्यो
देश/प्रदेश

सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३१ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३१ पुग्यो

धनगढी: कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नौँ सय एक जनाको कोरोना परीक्षण भएकोमा कैलालीका नौँ पुरुष र चार महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका सात जना, कैलारी गाउँपालिका वडा नम्वर ६ का तीन जना र भजनी नगरपालिका वडा नम्वर ७ का एक जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार धनगढीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५१ वर्षीय पुरुष र वडा नम्वर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले गन्यापधुरा गाउँपालिका वडा नम्वर १ का एक जनामा कोरोना पुष्टि भएको बताए।

विज्ञापन

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३० जनाको कोरोना परीक्षण गरिएको छ। डोटीमा ३० जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुदूरपश्चिम बाहिरको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप एक जनामा कोरोना देखिएको बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ३१ पुगेको छ। संक्रमण पुष्टि भएको झण्डै चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ। प्रदेशमा सबैभन्दा बढि कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय २० पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार