हाम्रो समाजमा बच्चा जन्मने बितिक्कै बुढाे हुन्छन। बुढाे यस अर्थमा कि समाज र परियारबाट बच्चाले सम्भव छ ,गर्न सकिन्छ भनेर कहिल्यै सिक्दैन। मानौं सानो बच्चाले आफ्नो बाबालाई भन्छ कि ? बाबा” म हवाइजहाज चढ्छु।” हुन्छ नि बाबू तिमी ठुलो भएर हवाइजहाज चढ्ने मात्रै होइन किन्न पनि सक्छौं भन्नुको बदला बाबुले जबाफ दिन्छ “हत् ।
हामी गरिबले कहाँ हवाजहाज चढ्न सकिन्छ?” हवाइजहाज हामी चढ्न बनाइएको हैन रहेछ ।यो त भुइबाट दुरबिन लगाएर हेर्ने र कागजको बनाएर उडाउन मात्र बनाएको रहेछ। अर्को पटक छोराले म कार चढ्छु भन्दैन कि बरु मनबाटै अन्दाज लगाउछकि सडकमा गुडाइएका चिल्लो कार चढ्न कहाँ हामी लाई बनाइएको हो त ? ती त बर्षायममा हामी सडकबाट हिंड्दा हिलो छ्याप्न पो बनाइएको हो त।
बच्चाले भन्छ” आमा म रुख चढ्छु।” हुन्छ बाबू तिमी होशियार भएर चढ् म मद्दत गर्छु भन्नुको साटाे आमाले भन्छिन् नचढ् है नचढ् फेरि खसेर मर्लास मर्लास । बच्चाले कहिल्यै रुख चढ्ने पर्यत्न गर्दैन ,रुख चढेर कहिल्यै फलफुल टिपेर खादैन।
मानौं घरमा नयाँ कम्प्युटर ल्यायो , घरमा सानो छोराले कम्प्युटर अन गरेर चलाउन शुरु गर्यो भने उसको बाबुले भन्छ ए केटा नछो नछो तैले कम्प्युटर चलाउन जान्दैनस्। मानौं छोरो परिक्षामा फेल भयो ।बाबुले के भन्छ छोरालाई दिमागमै गोबर भरिएको छ अनि कसरी यसलाई पढाई आउँछ यसले पढेर कहिल्यै खाँदैन।
मानौँ छोरो अलिकति हुर्कियो र बाबुलाई भन्यो कि मलाई अलि पैसा खोजिदिनुहोस म ब्यापार बिजिनेस गर्छु ,बाबाले भन्नू हुन्छ पढाई सढाइ आलु छ गर्छस् बिजिनेस। तैले केही गरि खादैन । यसरी हाम्रो भर्जिन दिमागमा परिवारले नै निरिहता छरेर जन्मजात नै अपांग बनाइएको छ।
हामीलाई यस्तो ढंगले कंन्डिसनिङ गरिएको छ कि हामीलाई हरेक कुरा असम्भव जस्तै लाग्छन् ।समाज र परिवारले हामीलाई हात्तीलाई झैं कंन्डिसनिङ गरिएको छ। जब हात्ती भख्खर भख्खर जन्मेको हुन्छ त्यो बेला उसलाई मोटो साङ्लोले खुट्टामा बाधिएको हुन्छ। बच्चा अबस्थामामा रहदा हात्तीले उक्त साङ्लो छिनाउन निकै प्रयास गर्छ तर जत्ति जत्ति पटक उ साङ्लोको बन्धनबाट उम्किन खोज्छ त्यत्ति त्यत्ति पटक साङ्लो उसको खुट्टाबाट तरतरि रगत बगाइदिन्छ र असहैय पिडा हुन्छ।
यसरी सयौं प्रयासमा पनि नछिने पछि हात्तीको बच्चालाई के लाग्छ भने बास्तबमा जति प्रयास गरेपनि महिले यो साङ्लो कहिल्यै नछिन्न नसक्ने रहेछु। यो बन्धन नै मेरो जीवन रहेछ भनेर उसले साङ्लो समक्ष आत्मसमर्पण गर्न पुग्छ। जब हात्ती हुर्किदै जान्छ हुर्किदै जान्छ शरीरमा शक्ति भरिदै जान्छ तब पछि यस्तो लाग्छकि त्यो साङ्लो उसको सामर्थ्य अगाडि केही झैँ पनि हुँदैन उसले एक झड्का लगायो भने मात्रै उक्त साङ्लो तोडेर भाग्न सक्छ तर हात्ती बुढाे हुँदा सम्म पनि उ बन्धन भित्रै कैद भएर बस्छ यहाँ सम्मकी उसको गोठमै आगो लागे पनि उ जलेर मर्छ तर साङ्लो तोडेर भाग्दैन।
आखिर किन त ? किनभने जब उसलाई भाग्ने चेस्टा मनमा आउँछ बच्चा बेला दुखेको घाउ पिडा सम्झिन्छ र साङ्लो तोडेर स्वतन्त्र हुने प्रयास नै गर्दैन । जसरी हात्तीले आफ्नो क्षमताको बाबजुत पनि स्वतन्त्र हुने सपना छोडिदिन्छ। त्यसरी पनि हामी सपना देख्न छोडिदिएको हुन्छौं। बास्तबमा सपनाले मात्र हुर्काउछँ ,फलाउँछ र फुलाउछँ ।
जुन बेला हामी बच्चा थियौं त्यो बेला हामीलाई कसैले के भन्छौं भनेर सोध्यो भने हामी डाक्टर भन्छौं ईन्जिनियर वा प्रधानमन्त्री भन्छौं आदि केही न केही भन्छौं । दिवासपना नै भएपनि कम्तीमा हामी संग सपना त थियो । तर हुर्किदैँ गरेपछि सपना देख्न पनि बिर्सिसक्यौं। बाल्यकालमा जब हामी चित्र कोर्न थाल्यौं ,कस्तो चित्र कोर्थियौं हामीहरु चार पाँच हात भएका मान्छेहरु , चार पाँच खुट्टाहरु नै बनाइदिन्थियौं।
हिमालको पनि नाक अँखा ,मुख र जुँघा बनाइदिन्थियौ। हेर्नुहोस त हामी सिर्जनामा कति कल्पनाशिल र स्वतन्त्र थियौ हामीहरु । जब हामी बिस्तारै हुर्किदैँ गयौं तब हामीले आफ्नो सिर्जना भुल्दै गयौं । हामीले पढेको र देखेको सम्पुर्ण कुरा झुठा जस्तै लाग्छन् जुन गलत हो ।पटक्कै कल्पना गर्दैनौं केबल तथ्यहरुमा मात्र बाचीरहेका छौं । इतिहास हेर्ने हो भने दुनियाँ सिर्जनशिल र कल्पनाशिल युबाँहरुकै कारणबाट यो स्थिती सम्म आइपुगेको हौं ।
जुन बेला मानिसहरु आकाश त केबल चराहरु मात्र उड्नको लागि पो भन्थे । त्यो बेला लियोनार्दो भिन्चीले मानिसहरु आकाशमा उडेको देखें। जुन बेला मानिसहरुलाइ पनि टेलिफोन आबस्यक चिज हो र भन्थें त्यो बेला ग्राहम बेलले हरेकको घरघरमा टेलिफोनको सेट प्रयोग गरेको देखे । सुर्यले पृथ्बिलाई घुम्छ भनेर साराले भनेको बेला ग्यालिलियोले पृथ्बीले सुर्यलाई घुमेको देखे ।
माथिका उदाहरणमा उल्लेखित लियोनार्दो भिन्ची ,ग्राहम बेल र ग्यालिलियो हुन जो फरक धारमा बग्ने शाहस गरे । त्यसपछि अनेक कुरा खेल्दै थियो मनमा म पनि डिग्री र सिक्षित मान्छे म मा धेरै कुराको ज्ञान छ ।केही गर्ने हिम्मत छ, केही गर्ने साहस छ।चान चुने मान्छे हुँदै होइन म यस्तै यस्तै लाग्थियो मलाई।
एकदिन जान्न्न मन लाग्यो आफुले के के जानेको छु ! के के बुझेको छु भनेर । आफ्नो दिमाग पद्दै गए बुझ्दै गए ! मौलिकता केही भेटिन । मलाई त्यहीँ त्यहीँ कुरा थाहा रहेछ जति अरुले सिकाए ।त्यति मात्र ज्ञान रहेछ छ जति महिले पढेको रहेछु। अझ पढेको सबै पनि हैन।छक्क परे!! एक्छिन अघि सम्म ममा डेरा जमाएर बसेको अहंकार छिनभरमै चक्नाचुर भयो। एक्छिन अघिसम्म भरीपुर्ण आफू एकाएक खाली भएजस्तो लाग्यो ।
मैले आफूमा मौलिकता भेटिन ।नयाँ केही भेटिन लाग्यो म केही हैन। जिज्ञासा जाग्यो ,आफ्नै दिमागलाई खोतलेर हेर्ने ।खोतल्दै गए आफ्नो बिचार भन्दा अरुकै बिचार धेरै भेटें ! फलानोले भन्यो । डिस्कानोले भनेको।छान्न मन लाग्यो दिमागमा भरिएका कुरा। सोचे जे आफ्नो मौलिक सोच छ त्यो राख्ने छु अरु सबै फाल्ने छु।अनि छान्न थाले एक एक कुरा के दिमागमा राखौं के फालौ भनेर।केलाउदै गए अरुले सिकाएका कुरा। अरुले पढाएका कुरा । छक्क परे !! आफ्ना तर्क ,बिचार ,रहर सोच केही छैन ।
फेसबुक प्रतिक्रियाहरु