होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं
समाचार

डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं

  • नागरिक रैबार
डब्ल्यूएचओ नेपालको अपिल : कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔं

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं । तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको भन्दै उनले सबै आफ्नो तर्फबाट सर्तक हुनु जरुरी रहेको बताए ।

संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्नेमा उनले जोड दिए । मानिसहरूको भिडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरे ।

डब्ल्यूएचओका भ्यान्डेलरले भनेका छन्, ‘भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अर्को उपाय भनेको हामीले नियमहरू पलना गर्नु हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै