होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल पत्रकार महासंघ बाजुराको भवनको शिलानास
देश/प्रदेश

नेपाल पत्रकार महासंघ बाजुराको भवनको शिलानास

  • नागरिक रैबार
नेपाल पत्रकार महासंघ बाजुराको भवनको शिलानास

नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको भवन निर्माणका लागि शिलानास गरिएको छ ।बडीमालिका नगरपालिका ९ स्थित जीउलामा निर्माण हुन लागेको उक्र भवनको शुक्रबार एक कार्यक्रमका विच नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलले शिलानास गरेका हुन् ।

भवनको शिलानास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता गगन रावलले बाजुरामा पत्रकारिताको विकासक्रम बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए ।

विज्ञापन

त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका शाखाहरुका भवन निर्माणका लागि प्रदेश सरकारसंग आवश्यक पहल गरिरहेको बताएका थिए ।

१ सय बर्ग मिटर जग्गामा निर्माण हुन लागेको सो भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३० लाख सहयोग गरेको छ ।
महासंघको बाजुरामा भवन निर्माण गर्न जिल्लाका ९ वटै स्थानीय तहहरुसंग समन्वय गरेर गत वर्षको मंसिर महिनामा उक्त ठाउँमा १ सय बर्ग मिटर जग्गा खरिद गरेको महासंघका सचिव प्रेम विकले बताएका छन् ।


बाजुरामा २०६४ साल देखि पत्रकार महासंघको जग्गा खरिदको प्रयास थालिएको भए पनि विगतको कार्यसमितीले काम गर्न नसेकेको तर आफु नेतृत्वको कार्यसमितिले महासंघको जग्गा खरिद गर्न सफल भई भवन निर्माणको कार्य थालनी गरिएको महासंघ अध्यक्ष प्रकाश सिंहले बताएका छन् । उनले महासंघको भवन असार मसान्त भित्र पहिलो तलाको काम सम्पन्न गरिसक्ने बताएका थिए ।

२०७३ फागुन २२ गतेको पत्रकार महासंघको निर्वाचनबाट नयाँ कार्यसमिती चयन भएसंगै महासंघको वर्तमान कार्य समितिले आफ्नो कार्यकालमा महासंघको आफ्नै जग्गा खरिद गरेर आफ्नै भवन निर्माण गर्ने प्रतिवद्धता जनाएको थियो ।बाजुरा जिल्लामा पत्रकार महासंघको भवन निर्माणको काम सूरु भएपछि जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार