होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन
Breaking News

उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

काठमाडौं । सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधन बन्द गर्ने घोषणा गरेका थिए । सरकारले लामो दूरीमा सञ्चालन हुने सवारी बन्द गर्ने निर्णय थोरै दिन अगाडि मात्रै गरेकाले उपत्यका छाड्नेलाई समस्या देखिएको छ ।

उपत्यका छाडेर जान चाहनेले टिकट नपाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले दुइ दिन मात्र समय दिएर लामो दूरीको यातायात बन्द गर्ने घोषणा गरेकाले टिकट नपाएको बताएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले एकैचोटि धेरै यात्रु बाहिरिन चाहेकाले केही समस्या आएको बताएका छन् । ‘यो संकटको बेला हो, सबैले मिलेर काम र समाधान गर्नुपर्छ,’ उनले राजधानीसँग भने ।

विज्ञापन

सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामस्वरूप यातायात क्षेत्रलाई सहज बनाउन सार्वजनिक सवारीका रुट इजाजत खुला गरिसकेको छ । रुट खुला गरिएसँगै अब एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउनेछन् ।
विभागले आगामी ३ वैशाख २०७७ सम्मका लागि सार्वजनिक यात्रुवाहक यातायातका सवारी साधनलाई बाटो इजातज खुला गरिएको हो ।

सरकारले नेपाल–भारतमैत्री बस सेवा पनि तत्कालका लागि स्थगित गरेको छ । हाल १३ वटा रुटमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि स्थगित गरिएको विभागले जनाएको हो ।
यातायात व्यवस्था विभागले एक सूचना निकालेर नयाँ लाइसेन्स र थपको आवेदनसमेत बन्द गरेको छ । सरकारले गाडीमा सिटभन्दा बढी यात्रु चढाउन नपाइने, गाडीमा सेनिटाइजर अनिवार्य र यात्रुले मास्क लगाउन पनि विभागले निर्देशन दिएको छ ।

सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू ९ चैत १८ सम्म स्थगित गरेको छ । प्रधानमन्त्री ओलीले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताएका छन् ।राजधानीदैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै