होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सोमबार सुदूरपश्चिममा २८९ नमूना परीक्षण ४४ जनामा कोरोना पुष्टि
देश/प्रदेश

सोमबार सुदूरपश्चिममा २८९ नमूना परीक्षण ४४ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
सोमबार सुदूरपश्चिममा २८९ नमूना परीक्षण ४४ जनामा कोरोना पुष्टि

धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ३ सयको नमूना परीक्षण गर्दा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला डाटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको परीक्षण गर्दा थप ४४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९१ जनाको नमूना परीक्षण गर्दा ९ जना, डडेल्धुरा अस्पतालमा २३ नमूना परीक्षण गर्दा ५ जना, जिल्ला अस्पताल डोटीमा ९ नमूना परीक्षण गर्दा १ जना, जिल्ला अस्पताल बझाङमा ३४ नमूना परीक्षण गर्दा ४ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा १३२ जनाको नमूना गर्दा २५ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।

विज्ञापन

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ७ सहित ९ जनामा संक्रमण पुष्टि भएको बताए। उनले धनगढी उप–महानगरपालिकाका थप ६ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै ठेगाना नखुलेका १ जना, कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका १ जना र डडेल्धुराका १ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ७१ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ३ सय ९८ जनाले कोरोना जितेका छन् भने ६९ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार