नागरिक रैबार/बाजुरा ५ कार्तिक। सदरमुकाम मार्तडी संगै जोडिएको बडीमालिका नगरपालिका ९ माझगाउँ, गैरीबजार लगायत सार्वजनिक क्षेत्रमा बृहत सरसफाई गरिएको छ ।
नेकपा ९ नम्बर वडा संगठन कमिटीको आयोजना र ९ नम्बर वडा भित्रका कृषि समूह तथा टोल सुधार समितिका पदाधिकारी महिलाहरुको सक्रियतामा वडाका सार्वजनिक ठाउँमा सरसफाई गरिएको हो ।
वडालाई स्वच्छ र सफा राख्ने हाम्रो चाहाना भन्ने उद्देश्यका साथ बुधबार विहान वडामा रहेका सार्वजनिक ठाउँहरुमा बृहत सरसफाई कार्यक्रम गरिएको नेकपा ९ नम्बर वडा संगठन कमिटीका अध्यक्ष राजेश विकले बताएका छन् । उनले भने आगामी दिनहरुमा प्रत्येक शनिबार वडा भित्र रहेका सार्वजनिक ठाउँहरुमा सरसफाई गर्ने बताए ।
दशै तिहार नजिकिएसंगै सदरमुकाम मार्तडी बजार भित्रकै वडाका सार्वजनिक ठाउँहरु फोहोर देखिएपछि बुधबार विहानैबाट महिलाहरुको सक्रियतामा सरसफाई कार्यक्रम गरिएको हो ।
नेकपा ९ नंम्बर वडा संगठन कमिटीले आयोजना गरेको बृहत सरसफाई कार्यक्रम वडा कमिटी अध्यक्ष राजेश विक र कृषि समूह तथा नेकपा नगर कमिटी सचिवालय सदस्य ओमप्रकाश विकको नेतृत्वमा ३० बढी महिलाहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु