होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका ७ मा मसला उद्योग संचालन
Breaking News

बडीमालिका ७ मा मसला उद्योग संचालन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका ७ मा मसला उद्योग संचालन

नागरिक रैबार/बाजुरा ५ भदौ। बडीमालिका नगरपालिका ७ स्थित चुथिमा लघुउद्यम विकास समूहद्धारा मसला उद्योग संचालनमा ल्याईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार, घरेलु तथा साना उद्योग समिति बाजुराको आर्थिक सहयोग र ७ नं. वडा कार्यालयको समन्वयमा सो उद्योग चुथिमा सचालमा ल्याइएको हो । उद्योगको एक औपचारिक कार्यक्रमकावीच शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले उद्धघाटन् गरेका छन् ।

उद्योग संचालन पश्चात ३ जना युवाहरु राेजगार हुने भएका छन भने बनपा -७ ले निकट समयमै आलुचिप्स उद्योग ढुङ्गा कटिङ उद्योग र जडिबुटी उद्योग सँचालनमा ल्याउने तयारी भइरहेको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

समाज सुधार लघुउद्यम समुहका अध्यक्ष नरदेव जैशिको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिका ७ वडा अध्यक्ष धर्मराज पाध्याय, प्रहरी नायव उपरीक्षक टक भट्टराई, घरेलु विकास समितिका पदम ऐर, वडा सदस्य धनलाल पाध्या, कला थापा, नेकपाका नेता लक्षि विक नेपाली काँग्रेसका प्रतिनिधि नर जैशिको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य ईन्चार्ज कासिचन्द्र पाध्याले गर्नु भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै