होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • पालिका स्तरीय सिकाई आदान-प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न
बडीमालिका

पालिका स्तरीय सिकाई आदान-प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
पालिका स्तरीय सिकाई आदान-प्रदान तथा समिक्षा कार्यक्रम  सम्पन्न

जय बहादुर रावत/बाजुरा ५ भदौ । बडिमालिका नगरपालिका स्तरिय युवा (ME/VT) लघु उद्यम विकास तथा जीवन उपयोगी सिप विकास तालिमका सहभागी तथा उद्यमीहरुको सिकाई आदान प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पीसविन बाजुराको युवा सशक्तिकरण बुलगारी परियोजना तथा सेभद चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित युवाहरुको विभिन्न सिप तथा व्यवसायहरुबाट के कति मात्रामा उपलब्धी तथा के कस्ता समस्या आई परेका छन र कसरी व्यवसाय चलीरहेकको छ भन्ने उद्देश्यका साथ उक्त समिक्षा कार्यक्रम सम्पन्न गरीएको हो । कोरोना भाइरस (कोभिड १९) का कारण व्यवसायमा परेको प्रभाव तथा फाइदा, बेफाइदाका बारेमा विशेष छलफल गर्न उक्त समिक्षा कार्यक्रमको आयोजना गरीएको आयोजक तथा युवा सशक्तिकरण बुलगारी परियोजनाका परियोजना अधिकृत धर्म रोकायाले बताएका छन ।
कोरोना भाइरसका कारण सभा सम्मेलन गर्न नमिल्ने भएको कारण सामाजिक दुरी कायम गदै , सेनिटाइजर सहित माक्सको प्रयोग गरी युवा उद्यमीसँग समिक्षा तथा छलफल गरीएको हो । बडिमालिका नगरपालिका भित्रका लघु उद्यम विकास तालिम तथा जीवन उपयोगी सिप तालिम प्राप्त गरेका युवा होटेल व्यवसायी, सिलाई कटाई उद्यमी , व्यापार व्यबसायी , इलोक्टोनिक व्यवसायी लगायतका उद्यमीहरुको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरीएको हो ।
बडीमालिका नगरपालिकाकोे समन्वयमा र सेभ द चिल्डेनको सहयोग, पीसविन बाजुराको आयोजनामा बडिमालिका नगरपालिका भित्र संचालन गरेको विभिन्न सीपहरुको समग्ररुपमा समिक्षा गरीएको हो । नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको उक्त समिक्षा कार्यक्रममा बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रंगमल वि.क , उप–प्रमुख कविता विष्ट , सेभ द चिल्डेन कार्यक्रम अधिकृत प्रेम पुन , नगरपालिका प्रशासन शाखा वीर बहादुर विष्ट , रोजगार संयोजक प्रमिला थापा लगायतको सहभागीता रहेको थियो ।
उद्यम शुन्यबाट सुरु गरी टप सम्म पुगाउने उद्देश्यका साथ निरन्तर लागी परी व्यवसाय गर्नुपर्छ र उद्यम विनाको जिवन कसैको नबितोस उक्त कार्यक्रमका बत्ताहरुको जोड रहेको थियो । कोरोनाका कारण व्यवसायमा केही घाटा भएको र समस्यामा व्यवसाय चलाई रहेको सहभागी उद्यमीहरुको भनाइ रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार