होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाका १२० कार्यकर्ता नेपाली काँग्रेशमा प्रवेश
राजनीति

नेकपाका १२० कार्यकर्ता नेपाली काँग्रेशमा प्रवेश

  • नागरिक रैबार
नेकपाका १२० कार्यकर्ता नेपाली काँग्रेशमा प्रवेश

प्रदिप मलासी/बझाङ्ग। नेकपा परित्याग गरि १२० जना नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन । बझाङ्गको जयपृथ्वी नगररपालिका वडा न ७ धम्नाउमा नेपाली काँग्रेस जिल्ला कार्य समितिले गरेको पार्टी प्रबेश कार्यक्रममा प्रवेश भएका हुन । यस अघि नेकपामा बसेर गाउको बिकासका लागि धेरै पटक हारगुहार गर्दा पनि नेकपा नेता कार्यकर्ताले आफ्रना आसेपासेलाई मात्र हेरने गरेको अन्य स्थानीयलाई वास्ता नगरे पछि गाउँलेहरुले नेपाली काँग्रेशका सभापति हर्कजङ्ग ब सिंह पूर्व पार्टी सभापती पृथ्वी ब सिंह महासमिति सदस्य चेतराज बजाल,पूर्व क्षेत्रीय सभापती खड्क बोहरा लगाएतका नेताहरुलाई फोन गरेर पार्टी प्रवेश गर्ने निमन्त्रण दिए पछि काँग्रेश सम्पूर्ण नेता गाउकै एक बिद्यालयमा पुगि सामाजिक दुरी कायम गर्दै पार्टी प्रवेशको कार्यक्रम गरेका हुन । नेकपाको पछिल्लो जयाजति र चरम भ्रष्टाचार अराजकताले साचै लोकतान्त्रिक व्यवस्थाको खिल्ली गर्दै देश र जनताको काम भन्दा पनि आफनै पेट भर्ने कार्यमा नेकपाका नेता कार्यकर्ता लहर बढेकोले नेकपा हु भन्दै त्यो पार्टीमा बसी रहन आफनो नैतिकताले नमानेकोले नेकपा परित्याग गरेर काँग्रेस प्रवेश गरेको जयपृथ्वी नगरपालिका ७ धम्नाउका अर्जुन ब महरले बताए । पार्टी प्रवेश गर्नेहरुमा अमित महर गणेश बोहरा धु्रर्व बोहरा कल्याण सिंह बोहरा खन्टे बोहरा रामचन्द्र बोहरा सन्जय बोहरा लोकेन्द्र बोहरा सन्तोष बोहरा हरिलाल भण्डारी मदन महर जगत महर सुरेश महर राकेश महर दिपेश महर गौरी देवी बोहरा सत्य देवी बोहरा लगाएतका १२० जनाले प्रवेश गरेका हुन । अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा नेकपा का कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश हुनेको लहर लागेको छ । फोटो क्याप्सन ः जिल्लाको मुटुमानिने जयपृथ्बी नगरपालिका वडानं ७ नेकपाका कार्यकर्तालाई नेपाली काँग्रेसमा प्रबेश गरी स्वागत गदै नेपाली काँग्रेसका पूर्व पाटी सभापती तथा नेपाली काँग्रेसका नेता पृथ्बी बहादुर सिंह लगायत अन्य जिल्लाका अन्य नेताहरु तस्वीर प्रदिप मलासी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि