होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा विवाद : कार्यदलले शनिबार प्रतिवेदन बुझाउने
समाचार

नेकपा विवाद : कार्यदलले शनिबार प्रतिवेदन बुझाउने

  • नागरिक रैबार
नेकपा विवाद : कार्यदलले शनिबार प्रतिवेदन बुझाउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको समस्या समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ ।

तर अपेक्षाकृत पार्टीका तमाम समस्या सम्बोधन गर्नेभन्दा पनि झिनामसिना कुरालाई समेटेर कार्यदलले औपचारिकता पूरा गर्दै प्रतिवेदन बुझाउन लागेको स्रोतले बताएको छ ।

‘शुक्रबार बेलुकासम्म सम्भव भए शुक्रबारै र नभए भोलिसम्ममा प्रतिवेदन अध्यक्षलाई बुझाउछौँ,’ कार्यदलका एक सदस्यले रातोपाटीलाई भने, ‘आजै बुझाउने भनिएको थियो तर एक सदस्य काठमाडौँ बाहिर जानुभएको छ । आज उहाँ कतिबेला आउनुहुन्छ बैठक बस्न सम्भव नहुन पनि सक्छ । त्यसैले शनिबारसम्ममा प्रतिवेदन बुझाउने तयारी छ ।’

कार्यदलको बैठक शुक्रबार बसेर शुक्रबारै प्रतिवेदन बुझाउने तयारी भए पनि एक कार्यदल सदस्य भीम रावल शुक्रबार अछाम गएकाले शुक्रबारको बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

‘उहाँ छिटै आउनुभयो र बैठक बस्न सम्भव भयो भने आजै बैठक बस्ला नत्र भोलि मात्रै बैठक बसेर अन्तिम रूप दिन्छौँ’, ती सदस्यले रातोपाटीसँग भने ।

कतिपयले कार्यदलभित्रै विवाद भएका कारण प्रतिवेदन बनाउन ढिलाई भएको आशङ्का गरिरहेका बेला ती सदस्यले भने कार्यदलभित्र कुनै विवाद नभएको दाबी गरे । उनले भने, ‘बाहिर आएका कुरामा कुनै सत्यता छैन । कार्यदलमा कुनै विवाद छैन ।’

कार्यदललाई कुनै समयसीमा नतोकिए पनि छिट्टै प्रतिवेदन बुझाउने नेताहरुले बताएका थिए ।

नेकपाको समग्र विवाद समाधान गर्न भन्दै गत शुक्रबार गठन भएको कार्यदलले शनिबारबाट आफ्नो काम सुरु गरेको थियो । पहिलो दिन शनिबार र दोस्रो दिन आइतबार राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीको घरमा कार्यदलको बैठक बसेको थियो । तेस्रो दिनको बैठक नेकपा कार्यालय धुम्बराहीमा बसेको कार्यदलको बैठक चौथो दिन बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको थियो ।

पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरेर काम भइरहेका बेला सरकारले भटाभट राजनीतिक नियुक्ति गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले असन्तुष्टि जनाएका थिए । सोही क्रममा अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटेर कार्यदल गठनपछि गरिएका नियुक्तिहरु सच्याउन सुझाव दिएका थिए ।

एकातिर कार्यदल गठन गरेर निकास खोज्ने भन्ने अर्कोतिर नियुक्ति गर्दै गएपछि प्रचण्ड–माधव समूह ओलीको कार्यशैलीप्रति सशङ्कित हुन पुगेको थियो । बुधबार नेता नेपालसहितका नेता ओलीको कार्यशैलिमा सुधार नआएको भन्दै अध्यक्ष प्रचण्डलाई भेटेर अर्का अध्यक्ष ओलीसँग कुरा गर्न सुझाव दिएका थिए ।

कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, महाधिवेशन, मन्त्री र मुख्यमन्त्रीहरुको हेरफेर, महत्त्वपूर्ण राजनीतिक नियुक्ति लगायतका यावत समस्यालाई सम्बोधन गर्न निश्चित विधि बनाउने बुझिएको छ । यसक्रममा अध्यक्ष ओलीले यो कार्यकालभरी सरकार चलाउने र प्रचण्डले पूर्ण अधिकारसहित पार्टी सञ्चालन गर्ने दुई अध्यक्षबीच लगभग सहमति भइसकेको छ ।

त्यसमा सरकारले गर्ने महत्त्वपूर्ण निर्णय पार्टीसँगको छलफल र सुझावका आधारमा गर्ने पनि नेताहरुबीच सहमति जुटेको छ ।

ठोस निकास आउनेमा आशङ्का

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार कार्यदलबाट समस्या समाधानका लागि जति अपेक्षा गरिएको हो त्यति ठोस ढङ्गको प्रतिवेदन आउने सम्भावना छैन ।

उनका अनुसार तर तत्कालका लागि भने नेकपा विवाद साम्य भएर जानेछ । तर पनि ठोस विषय नआए दीर्घकालीन समस्याको समाधान हुने देखिँदैन ।

‘दुई अध्यक्षको कार्यविभाजन, केही मन्त्रीको हेरफेर र केही मुख्यमन्त्री हेरफेर गर्नेबाहेक खासै ठोस कुरा आउलाजस्तो छैन’, वरिष्ठ नेता नेपाल निकट ती स्थायी समिति सदस्यले भने, ‘पार्टी एकतालाई बलियो बनाउने, महाधिवेशन चैतमा गर्ने लगायतका कुरामा कसैको विवाद छैन । त्यस्तै मन्त्रीहरुको हेरफेर पनि स्वाभाविक नै हो । जटिल विषयका रूपमा रहेको एक व्यक्ति एक जिम्मेवारी र विधि पद्धतिको कुरामा प्रतिवेदन बोल्ला जस्तो लाग्दैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि