होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोरोनाविरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने
समाज

कोरोनाविरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने

  • नागरिक रैबार
कोरोनाविरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने

काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।शिक्षकहरुलाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन, सचेतना जगाउन, अनुगमन गराउन परिचालन गरिने उनले बताए । गाउँ टोलमा स्थानीय शिक्षकहरुलाई सवैले मान्ने, उनीहरु पनि आफै जान्ने र बुझ्ने भएकाले उनीहरुको भूमिका प्रभावकारी हुने डा. कार्कीको विश्वास छ । विषेश गरेर कोरोनाभाइरसबाट संक्रमित व्यक्ति र परिवारलाई समाजमा गरिने भेदभाव र घृणा नियन्त्रणका लागि पनि शिक्षकहरुले उनीहरुलाई सम्झाउने, बुझाउने गर्न आवश्यक रहेको उनले बताए ।उनले भने, “शिक्षकहरुलाई मुख्य गरेर चेतानाअभिबृद्धिकै लागि आग्रह गरिने भएको हो । उनीहरुले टोलटोलमा सन्देश पुर्याइ सकेका र कोरोना नियन्त्रणका लागि प्रभावकारी योगदान पुग्नसक्छ भन्ने हाम्रो विश्वास छ ।”उनले शिक्षकहरु परिचालित हुँदा स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने र आवश्यक सुरक्षा सामग्रीहरु पनि प्रदशान गरिने जानकारी दिए । कोरोना विरुद्ध शिक्षकहरु परिचालन गर्ने कार्यलाई देशभरी अभियानका रुपमा चलाउन लागिएको सल्लाहकार डा. कार्कीले बताए ।-रेडियो एनआरएन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार