



काठमाडौं । सरकारले आज मध्यरातिबाट लक डाउन खुला(अन्त्य) गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको उनले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।
सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले बताए ।




फेसबुक प्रतिक्रियाहरु