होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा सांसदहरुको भेला, प्रधानमन्त्रीको कदमको भत्सर्ना
समाचार

नेकपा सांसदहरुको भेला, प्रधानमन्त्रीको कदमको भत्सर्ना

  • नागरिक रैबार
नेकपा सांसदहरुको भेला, प्रधानमन्त्रीको कदमको भत्सर्ना

सिंहदरबारस्थित संघीय संसद् सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् ।

नेकपा सांसद जयपुरी घर्तीले भनिन्–‘अघि बिहान हामी केही सांसदहरु उपस्थित भएका थियौँ । प्रधानमन्त्रीले संसद् विगठनका लागि प्रस्ताव गरेको कुरा आयो । संविधान विपरित काम गरेको भनेर हामीले विरोध जनाएका छौँ ।’
प्रधानमन्त्री ओलीले संसद विगठन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेपछि संसदीय समितिको बैठक पनि स्थगित भएको छ । खेलकुद क्षेत्रका विभिन्न विषयबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभा अनर्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सो निर्णयपछि तरङ्गित भएका नेकपा सांसदहरु विभिन्न समूहमा छलफल गरिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार