होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड मालिका युवा सञ्जालद्धारा अभियान्ताहरुसंग अन्तरक्रिया
समाचार

खप्तड मालिका युवा सञ्जालद्धारा अभियान्ताहरुसंग अन्तरक्रिया

  • नागरिक रैबार
खप्तड मालिका युवा सञ्जालद्धारा अभियान्ताहरुसंग अन्तरक्रिया

नागरिक रैबार/बाजुरा ५ पुस। खप्तड मालिका युवा सञ्जाल बाजुराले शनिबार सामाजिक अभियान्ताहरुलाई स्वागत तथा उनीहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

सञ्जालले सामाजिक अभियान्ता ज्वाला संरौला र त्रिभुवन विश्व विद्यालयका चर्चित युवा विद्यार्थी हेमराज थापाको समुहलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत सहित उनीहरुसंग अन्तरक्रिया गरेको हो ।

. सञ्जाले गरेको अभियान्ताहरुलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथीका रुपमा अभियान्ता ज्वाला संरौलाले नेपालमा युवाहरुको जनसक्ति राम्रो भए भने देश समृद्धी हुन्छ जब युवा जनशक्ति सक्षम हुदैन तब सम्म देश बन्न नसक्ने बताएकी छन ।

विज्ञापन

No description available.

उनले युवाले ने देशको विकास र समाज रुपान्तरणमा मुख्य भुमिका खेल्ने भएकाले देशका ७७ वटै जिल्लाका युवाहरुको सक्रियता आवश्यक भएको बताएकी छन् । त्यस्तै विशिस्ट अतिथीका रुपमा उपस्थित भएका त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी हेमराज थापाले अहिलेको केपी ओलि नेतृत्वको सरकार भ्रस्टचार गर्नमा व्यस्त देखिएको आरोप लगाएका छन् ।

No description available.

त्यस्तै थापाले राजनैतिक दलका वहाल वाला नेतारुले गाउं घरदेखि केन्द्र सम्म जन्ताहरुले तिरेको करबाट नेताहरुले तलब खाने गरेको र त्यहि करमा पनि भ्रस्टचार गरेको आरोप लाएका छन् । यस्ता थुप्रै भ्रस्टचारका काम सरकारले गरिरहेकोले सवै युवाले देशभरीबाट भ्रष्टाचारको अन्त्यका लागि एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।

खप्तड मालिका युवा संञ्जाल त्रिवेणी नगरपालिकाका नगर संयोजक दिपक बहादुर बुढाको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी सामाजिक अभियान्ता ज्वाला संरौला रहनु भएको थियो भने विशिस्ट अतिथी त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी हेमराज थापा रहेका थिए ।

No description available.

त्यस्तै अतिथीमा समाजसेवी करन शिङ पाल, सामाजिक अभियान्ता गोकर्ण नाथ, पत्रकार लगायतका ६० जना युवाहरुको उपस्थित भएका थिए। कार्यक्रमको संञ्चालन खप्तड मालिका युवा संञ्जालका महासचिव सन्दीव बोहराले गरेका हुन भने स्वागत मन्तव्य रिता शाहिले राखेकि थिइन्। खप्तड मालिका युवा सन्जाल स्थापनाको छोटो समयमै  सामाजिक सेवामा सक्रिय भएर लागेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार