धनगढीः कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना, त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३/३ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका एक/एक जनामा संक्रमण देखिएको बताए।
त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लालझाडी गाउँपालिकाका ३ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका एक/एक जनामा समेत कोरोना पुष्टि भएको छ।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिका एक/एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
फेसबुक प्रतिक्रियाहरु