होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कैलालीमा लकडाउन नभएर किन भयो निषेधाज्ञा, उल्लंघन गर्नेलाई के हुन्छ कारवाही ?
राजनीति

कैलालीमा लकडाउन नभएर किन भयो निषेधाज्ञा, उल्लंघन गर्नेलाई के हुन्छ कारवाही ?

  • नागरिक रैबार
कैलालीमा लकडाउन नभएर किन भयो निषेधाज्ञा, उल्लंघन गर्नेलाई के हुन्छ कारवाही ?

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ। १४ गतेसम्म नै जिल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ।

लकडाउनको उल्लंघन बढेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ।

लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

‘लकडाउन र निषेधाज्ञा दुवैको उद्देश्य भनेको मान्छेको आवागमन बन्द गराउने नै हो,’ सूचना अधिकारी जोशीले भने, ‘हामीले लकडाउनको अभ्यास एक सय २० दिनसम्म ग¥यौं, त्यसपछि केही खुकुलो बनायौं। तर, खुकुलो गर्दै जाँदा मान्छेहरु निर्वाध रुपमा हिँड्ने, सामाजिक दूरी कायम नगर्ने, स्वास्थ्य मापदण्डको पालना नगर्ने जस्ता गतिविधि बढ्यो। त्यसैले अब स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेका हौँ।’

उनका अनुसार लकडाउनमा निर्णय कार्यान्वयनका लागि अनुरोध र आग्रह गरिन्छ भने निषेधाज्ञामा निर्णय कार्यान्वयनका लागि आदेश नै जारी हुन्छ।

‘लकडाउनले पनि हिंडडुल नियन्त्रण त ग¥यो तर, निर्णयको कार्यान्वयनको पाटो चाहिँ अलिकति कमजोर भयो,’ उनले अगाडि थपे, ‘सर्वसाधारणले लकडाउन खुलेपछि एकदम निर्वाध रुपमा हिँड्ने क्रम बढेपछि आदेश नै दिनका लागि निषेधाज्ञा जारी भएको हो।’

निषेधाज्ञा उल्लंघन बढे कफ्र्यू जारी गर्ने अधिकार समेत रहेको सूचना अधिकारी जोशीले बताए। संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गरेका हुन्।

उक्त आदेश कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन भईसकेको छ। स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लंघन गर्छ भने एक महिनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

संक्रामक रोग नियन्त्रण ऐन अनुसार पनि एक महिना कैद र एक सय रुपैयाँ जरिवाना र बाधा विरोध गर्नेलाई ६ महिना कैद र ६ सय रुपैयाँ जरिवाना भनेको छ। त्यसैले अब अलकति कडा खालको सजाय नै हुन्छ। दुवै ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

निषेधाज्ञामा के गर्न पाउने के नपाउने ?

१४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने भएको छ। औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ।

अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्ला भित्र प्रवेश गर्न निषेध गरिएको छ।

जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाईने भएको छ भने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, बिरामी सवार सवारी सञ्चालन भने सञ्चालन गर्न पाईने छ।

कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन् भने भिडभाड र जुलुस गर्न पनि पाईने छैन्। आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन्।

ठेला व्यवसाय सञ्चालन गर्न पनि रोक लगाईएको छ भने होटल रेष्टुरा सञ्चालन गर्न नपाउने भएको छ। बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।

खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १९ घन्टा अगाडि