होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रवि लामिछाने सहित ३ जनाले पाए सफाइ
समाचार

रवि लामिछाने सहित ३ जनाले पाए सफाइ

  • नागरिक रैबार
रवि लामिछाने सहित ३ जनाले पाए सफाइ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले पुष्टि गरेका छन्।

न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो।

यसअघि नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको थियो। पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए। पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले।

विज्ञापन

गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर झुन्डिएको अवस्थामा भेटियो। त्यसरी आत्महत्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भयो। त्यसपछि तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार