होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अध्यादेश फिर्ता नगरिए थप एक्सनमा जान्छौं : प्रचण्ड
समाचार

अध्यादेश फिर्ता नगरिए थप एक्सनमा जान्छौं : प्रचण्ड

  • नागरिक रैबार
अध्यादेश फिर्ता नगरिए थप एक्सनमा जान्छौं : प्रचण्ड

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् ।

प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको प्रचण्डको भनाइ थियो । ‘असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो, यसको अवज्ञा गरिए हामी एक्सनमा जान्छौं’, उनले भने । ओली पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेकाले अध्यादेश पनि ल्याइएको प्रचण्डले बताए ।

तर, पार्टी जोगाउँदै ओलीले चाल्ने गलत कदमविरुद्ध जुनसुकै विकल्पमा जान आफूहरु पनि तयार रहेको प्रचण्डले बताए । ‘जे जे गर्नुपर्ने हो, त्यो सबै गर्छौ । धेरै कुरा यहाँ नभनौं’, उनको भनाइ थियो । प्रचण्डले अब दुई अध्यक्ष भनेर पार्टी नचल्ने निष्कर्ष सुनाएको बैठकमा सहभागी एक नेताले भने ।

‘पार्टी एकीकरणपछि दुई अध्यक्ष भएर धेरै निर्णय गरियो । तर, उहाँ (ओली) को धोका दिने, अपमान गर्ने प्रवृत्ति रोकिएन’ प्रचण्डले भने, ‘मैले अब दुई अध्यक्ष मिलेर सचिवालयकै सात जना वरिष्ठ नेताहरुलाई धोका दिन्न ।’ दुई मिल्दा सात नेता एकातिर हुने अवस्था तोडेर आफू आठ जना बन्न तयार भएको प्रचण्डले बताए ।

‘दुई अध्यक्ष मिलौं भन्ने र अरु नेताहरुलाई वाइपास गर्ने काम हुँदै आयो, मलाई पनि धोका भइरहने अवस्था भयो । त्यसैले मैले दुई होइन, आठ हुन चाहेँ’, प्रचण्डले भने ।

लामो समय सैद्धान्तिक विषयमा बोलेका प्रचण्डले पूर्वएमाले र पूर्वमाओवादी भन्ने सोंच नै नराख्न आग्रह गरेका थिए । पेरिसडाडाँमा भएको भेलामा प्रदेश १ का प्रचण्ड र माधव नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै