होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ओली प्रवृत्तिको डटेर सामना गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
देश/प्रदेश

ओली प्रवृत्तिको डटेर सामना गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

  • नागरिक रैबार
ओली प्रवृत्तिको डटेर सामना गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अधयक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुको समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । शुक्रबार कोटेश्वरस्थित नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको सो समूहको प्रदेशस्तरीय भेलाले त्यस्तो निष्कर्ष निकालेको हो ।

भेलापछि नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टीलाई कसरी सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने भन्ने विषयमा छलफलसहित निष्कर्ष निकालेको प्रतिक्रिया दिए । उनले भने, ‘एकाधिकार र सर्वसत्तावादका विरुद्ध डटेर लड्ने निष्कर्ष भेलाले निकालेको छ ।’ त्यस्तै उनले ओलीले अध्यादेश फिर्ता नगरे पार्टीले थप कदम चाल्न बाध्य हुने निष्कर्षमा पुगेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा आएको विवाद र त्यसका नीतिगत सैद्धान्तिक विषमा व्याख्या गरेका थिए । ‘पार्टीमा विवाद आएपछि दुई लिखत पेश भएका छन् । एउटामा विधि, पद्धति र प्रणालीको कुरा गर्दै प्रणालीमा आएको स्खलन सच्च्याउन जोड गरिएको छ र अर्को पदको आरोप लगाएको लिखत छ । यी दुवैबारे सत्य के हो ? तपाईंहरुले छुट्याउनुस्’, भेलामा सहभागीहरुलाई प्रचण्डले जिम्मा दिएका थिए । त्यसक्रमा सहभागी नेताहरुले ओली एकाधिकार र सर्वसत्तावादतर्फ लागेको भन्दै प्रचण्डले स्थायी समितिमा पेश गरेको प्रतिवेदन नै सही भएको बताएका थिए ।

विज्ञापन

भेलामा प्रदेश एकका जिल्ला अध्यक्ष, सचिव र प्रचण्ड नेपाल समुहका केन्द्रीय सदहरुको सहभागीता रहेको थियो । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि सम्बोधन गरेको नेता खतिवडाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार