होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छुवाछुत नियन्त्रणका लागि १३६ घरधुरीको एकै ठाउँमा जमरा राखे
देश/प्रदेश

छुवाछुत नियन्त्रणका लागि १३६ घरधुरीको एकै ठाउँमा जमरा राखे

  • नागरिक रैबार
छुवाछुत नियन्त्रणका लागि १३६ घरधुरीको एकै ठाउँमा जमरा राखे
नुवाकोट — नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्।
सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्र्ती, जनजाती तथा दलित समुदायका मिजार, विक, परियार , नेपालीका परिवारले निरन्तरता दिएका हुन्।
नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि वेलकोटगढीमा रहेको निरञ्जला भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यस पटक वेलकोट र आसपासका एक सय २६ घरधुरीका ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार सो मन्दिरमा दुई सय ४० वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिदै आएको छ। सामूहिक जमरा राख्न तथा पुजा सञ्चालन गर्नका लागि वेलकोटगढी नगरपालिकाले तीन लाख रुपैयाँ उपलब्ध गराएको छ। वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीका अनुसार नगरपालिकाले २०७६ सालमा दुई लाख, २०७५ सालमा एकलाख ४० हजार र २०७४ सालमा एकलाख २० हजार रुपैयाँ दिएको थियो।दलितअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार