काठमाडौं: नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाणपत्र(लाइसेनिङ) परीक्षा आगामी मंसिरमा हुने भएको छ। लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते हुने परिषदले जनाएको छ।
पीसीएल, बीएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले ब्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने छ।
परीक्षामा सहभागी हुन असोज ४ देखि कार्तिक ३ गते सम्ममा अनलाइन फाराम बुझाउनुपर्ने र कार्तिक ४ गतेदेखि कार्तिक १५ गतेसम्म दोब्बर दस्तुर बुझाउन पर्ने परिषदले जानकारी दिएको छ।
परीक्षण शुल्क एक हजार ६०० तोकिएको छ भने दोब्बर दस्तुर बुझाउनुपर्ने भएमा ३ हजार १०० तोकिएको छ।
परीक्षा मंसिर १३ गते बिहान ९ बजेदेखि ११ बजेर ३० मिनेटसम्म हुने जनाइएको छ।
फेसबुक प्रतिक्रियाहरु