होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा सचिवालय बैठक ३ बजे बस्ने
समाचार

नेकपा सचिवालय बैठक ३ बजे बस्ने

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक ३ बजे बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बताए।

पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो।

गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ। शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ। प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै