होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुरजो खाएर गर्भपतन भएकि महिलापनि पनि कोरोना पुष्टि
समाचार

गुरजो खाएर गर्भपतन भएकि महिलापनि पनि कोरोना पुष्टि

  • नागरिक रैबार
गुरजो खाएर गर्भपतन भएकि महिलापनि पनि कोरोना पुष्टि

बाजुरा ४ असार । गुरजो नामक जडिबुटि खाएर गर्भपतन भएकि १७ बर्षकि महिलामा पनि कोरोना पुष्टि भएको भएको छ । बुधवार आएको पिसिआर रिपोटमा उनमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपालिका २ बसन्त आधारभुक्त बिद्यालयमा बसेकि १७ बर्षकि गर्भवती महिलाले कोरोना ठिक हुन्छ भनेर गुरजो नामक जडिबुटि खाएकि थिईन् ।

उनमा अत्याधिक रक्तस्राब भएपछि जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो, उनको बच्चा समेत खेर गएको थियो । उनलाई आरडिटि चेक गर्दा पोजेटिभ देखिएको थियो ।

प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्नका लागि गाँउबाट बरजो नामक जडिबुटि मगाएर खाएको ति गर्भवतीले वताएकि थिइन् । त्यो खाइसकेपछि तल्लो पेट दुख्ने रक्तस्राव भएको वताएकि छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले पनि गुरजो नामक जडिबुटि खाएर गर्भपतन भएको बिज्ञप्तिमा उल्लेख गराएका थिए ।

विज्ञापन

उनको ८ जनाको परिवार भारतबाट १४ गते क्वारेनटाइनमा पुगेका थिए । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने जडिबुटि खाएपछि गर्भवतीमा खतराको लक्षण देखा परेको वताएका थिए । आयुर्वेद चिकित्सक डा. सत्यराज जोशिले भने यो जडिबुटिले यस्तो नहुनु पर्ने हो, तर स्वास्थ्यकर्मिको सल्लाह अनुसार खानुपर्ने हो कुनै अन्य कारणले यस्तो भएको हुन सक्ने वताएका छन् । अर्काे खाने मात्रा पनि कति कसरी भन्ने हो, तर यो जडिबुटिले त्यस्तो असर नपार्ने जोशि बताँउछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि