सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला कञ्चनपुरमा दुई महिलामाथी कुटपिट भएको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका स्थानीय गिता खडका र ईश्वरी खडकामाथी कुटपिट भएको प्रहरीले जनाएको छ ।
महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिडेको निहुमा बेलडाँडीका दल बहादुर शाहले कुटपिट गरेको जनाएको छ ।
पीडित खडका परिवारले महिनावारी भएका बेला आफ्नो घरको बाटो हिडेर भैसीले दुध दिन छाडेको आरोपमा देउरानी–जेठानीमाथी कुटपिट गरेको बताएका छन् ।
शाहको कुटपिटबाट घाईते भएका गिता र ईश्वरीको धनगढी स्थित नोभा अस्पतालमा उपचार भईरहेको छ । घाईते ईश्वरी खडकाले महिनावारी भएका बेला आफ्नो घरको बाटो किन ? हिडेको भन्दै देउरानी गितालाई गालीगलैच गर्दैगर्दा आफुले चुप लाग्नु भनेपछि आफुमाथी पनि कुटपिट गरेको बताईन् ।
फेसबुक प्रतिक्रियाहरु