होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूपश्चिम प्रदेश सरकारको बजेट खर्च १० दशमलब ८ प्रतिशत
देश/प्रदेश

सुदूपश्चिम प्रदेश सरकारको बजेट खर्च १० दशमलब ८ प्रतिशत

  • नागरिक रैबार
सुदूपश्चिम प्रदेश सरकारको बजेट खर्च १० दशमलब ८ प्रतिशत

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको ६ महिनाको अवधिमा बजेट खर्च १० दशमलब ८ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट मध्य पौष मसान्त सम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार बजेट खर्च भएको छ ।

६ महिनामा बजेट खर्च १० प्रतिशत मात्रै भएपनि गत बर्षको तुलनामा भने यो खर्च बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा ४.९५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । गत बर्षको तुलनामा यस बर्ष २ सय ३९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सनिबार मन्त्रालयमै आयोजना गरेको पत्रकार सम्मेलन तथा विगत ६ महिनाको प्रगति समीक्षाका क्रममा उक्त जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा बजेट खर्च २ सय ३९ प्रतिशतले वृद्धि भएको बताए । बजेट खर्च गत वर्षको भन्दा सुधार भएको भन्दै उनले शत प्रतिशत बजेट कार्यान्वयन गर्न तर्फ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालय सँग आवश्यक समन्वय अघि बढाएको र सरकार अत्यन्त सजग भएर बजेट खर्च र विकास निर्माणका काममा लागि परेको बताए ।

विज्ञापन

यसैबिच राजश्व सङ्कलनमा समेत सुधार भएको मन्त्री वोहराले पत्रकार सम्मेलनमा जानकारी गराएका छन । चालु आर्थिक वर्षका लागि तोकिएको ८८ करोड ६४ लाख मध्य हालसम्ममा ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख राजश्व सङ्कलन भइसकेको उनले बताए । गोदावरीन्युजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार