होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • के थियो ८३ सांसदले राष्ट्रपतिलाई लेखेको पत्रमा ?
समाचार

के थियो ८३ सांसदले राष्ट्रपतिलाई लेखेको पत्रमा ?

  • नागरिक रैबार
के थियो ८३ सांसदले राष्ट्रपतिलाई लेखेको पत्रमा ?

सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएपछि आक्रोशित भएको नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई आवेदन दिने निर्णय गर्‍यो । आवेदनसहितको ८३ सांसदको हस्ताक्षर बोकेर भीम रावल र पम्फा भुसाल शीतलनिवास गए ।

शीतलनिवासमा ५ घण्टा कुर्दा पनि राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल आएनन् । बरु मोबाइल स्वीच अफ गरेर दिनभर बाहिरै बसे ।

दिउँसो ४ बजेपछि बसेको स्थायी कमिटी बैठकले अध्यादेशसँगै सांसदहरूको हस्ताक्षर फिर्ता लिने निर्णय गरेपछि रावल र भुसाल बाहिरिए ।

विज्ञापन

पत्रमा जनआकांक्षाविपरीत ल्याइएको संवैधानिक परिषद् अध्यादेशबारे छलफल गर्न अविलम्ब अधिवेशन बोलाउन माग गरिएको छ । ‘जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधिसभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषद्‌बाट अध्यादेश सिफारिस गर्नुभई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसद्‌मा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार