काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले फेरि वामदेव गौतमलाई प्रधानमन्त्रीको ‘ललिपप’ देखाएका छन् । बुधबारको स्थायी समिति बैठकमा बोल्ने क्रममा ओलीले वामदेव गौतमको नामै लिएर ‘अव उहाँलाई प्रधानमन्त्री दिउ न त’ भनेर भनेर भनेका थिए ।
एक स्थायी समिति सदस्यका अनुसार बैठकको अन्तिममा ओलीले ‘हामी ५ जनामध्ये बामदेवजी प्रधानमन्त्री हुनुभएको छैन ।
उहाँलाई कतैबाट चुनाव लडाएर प्रधानमन्त्री बनाउन त’ भन्ने प्रस्ताव गरेका थिए । यसअघि पनि ओलीले गौतमलाई पटक पटक प्रधानमन्त्री बनाउने आश्वसन दिदै आएका थिए ।
‘त्यो उहाँले फेरि पनि ललिपप देखाउनुभएको हो र फन्टुस कुरा हो’, स्थायी समिति सदस्य बेदुराम भुषालले भने ।
फेसबुक प्रतिक्रियाहरु