खम्विर विक/बाजुरा १ भदाै । आर्थिक अभावका कारण जिल्लाको जगनाथ गाउँपालिका ३ महतिकी २९ वर्षिया सुत्केरी संगिता भण्डारी ६ दिन देखि नेपालगंजमा अलपत्र परेकी छन् ।
कर्णाली प्रदेश क्षेत्रीय अस्पतालमा गत साउन २७ गते सुत्केरी भएकी भण्डारी आर्थिक अभावकै कारण ६ दिन देखि नेपालगंजमा अलपत्र परेकी हुन् ।
गत साउन २७ गते २९ वर्षिया सुत्केरी भण्डारीले जगनाथ गाउँपालिकाको स्वास्थ्य संस्थामा पहिलो सन्तान लाई जन्म दिईन् । पहिलो सन्तानलाई गाउँमै जन्म दिएकी उनले सोही दिन दोस्रो सन्तानलाई जन्माउन गाउँमा रहेको स्वास्थ्य संस्थामा अप्ठेरो भएपछि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोग तथा प्रदेश सभा सदस्य बलदेव रेग्मीको पहलमा उनलाई हेलिकप्टर मार्फत उद्धार गरि कणर्ाली प्रदेशको क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो ।
क्षेत्रीय अस्पताल सुर्खेतमा भण्डारीले अर्को सन्तानलाई पनि जन्म दिईन् । सुर्खेतमा अर्को सन्तालाई जन्म दिएकि उनलाई अस्पतालले डिस्चार्ज गरेपछि उनी २७ गतेदेखि नेपालगंजमा अलपत्र अवस्थामा छन् । दुईसन्तानलाई जन्म दिएकी भण्डारी सहित उनका श्रीमान दिपक भण्डारी ६ दिन देखि आर्थिक अभावकै कारण नेपालगंजमा अलपत्र परेका छन् ।
बाजुराबाट त सुरक्षित सुत्केरी गराउन हेलिकप्टरको व्यवस्था भयो तर अव यहाँबाट कसरी बाजुरा फर्किने आफुसंग आर्थिक छैन् समस्या भयो सुत्केरीका श्रीमान दिपक भण्डारीले गुनासो सुनाए ।
नेपालगजमा बाजुराको काेल्टी हुँदै प्लेनमा विभिन्न कामको शिलसिलामा गएका अन्य यात्रुहरु समेत नेपालगन्जमा अलपत्र अवस्थामा छन् ।
नेपालमा कोभिड-१९ का कारण लामो दुरीका सवारी साधान नचलेपछि अहिले एकजिल्लाबाट अर्को जिल्लासम्म जाने यात्रुलाई समस्या भएको छ ।
फेसबुक प्रतिक्रियाहरु