होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यार्थीलाई पढाउन मालिकाले पठायो घर-घरमै शिक्षक
समाचार

विद्यार्थीलाई पढाउन मालिकाले पठायो घर-घरमै शिक्षक

  • नागरिक रैबार
विद्यार्थीलाई पढाउन मालिकाले पठायो घर-घरमै शिक्षक

नागरिक रैबार/बाजुरा २ साउन। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीहरुलाई पठन-पाठन सूरु गराउन घर-घरमै शिक्षकहरु पठाएको छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लामो सयमको बन्दाबन्दीले विद्यालयहरु बन्द भएपछि मालिका माविले आफ्नो सेवा क्षेत्र भित्रका सवै टोलहरुमा शिक्षकहरुलाई खटाएर पठन पाठन सूरु गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताउनु भयाे ।

विज्ञापन

लामो समयको बन्दावन्दीका कारण विद्यार्थीहरुको नियमित पठनपाठनमा समस्या भएपछि विद्यार्थीहरुको पढाईलाई मध्येनजर गरेर उनीहरुको पठन-पाठनलाई निरन्तरता दिन विद्यालयकोे सेवा क्षेत्र भित्रका टोल-टोलमा विद्यार्थीहरुको घर-घरमै पुगेर पठनपाठन सूरु गरिएको विद्यालयका प्राचार्य पाध्यायले बताउनु भयो ।

यसरी विद्यार्थीहरुको घर-घरमै पुगेर पठन-पाठन गर्र्दा अभिभावक र विद्यार्थीहरुको राम्रो सहयोग मिलेको रावलवाडा क्षेत्रमा खटिएका शिक्षक शेरबहादुर रावलले बताउनु भयो । अव विद्यालयमै पठन पाठन गराए जसो त कहाँ हुन्थ्योर तरपनि विद्यार्थीहरुको शैक्षिक क्षेत्रकाे भविष्यलाई मध्येनजर गर्दै टोलटोलमा गएर पठनपाठन गराइरहेको उहाँको भनाई छ ।

त्यस्तै विद्यार्थीहरुलाई घरघरमै पठन-पाठन गराउन सदरमुकामको माझगाउँमा खटिएका अर्का शिक्षक नरबहादुर विश्वकर्माले विद्यार्थीहरु र अभिभावकहरुको सल्लाह अनुसार विद्यार्थीहरु भएकै ठाउँमा गएर उनीहरुलाई पठन पाठन गराईरहेको बताएका छन् ।

No description available.

विद्यालयले १ देखि ७ सम्मका विद्यार्थीहरुका लागि घरघरमै पुगेर पठनपाठन गरिरहेको छ भने कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि रेडियो तथा टिभिबाट नियमित भइरहेको पठन पाठन बारे जानकारी समेत दिइरहेकाे टोलमा खटिएका शिक्षकहरुलेब बताएका छन् ।

No description available.

विद्यालयलयले विद्यार्थी भर्ना गर्यो । पाठ्यपुस्तक पनि हातहातमा दियो । तर बन्दाबन्दीका कारण बालवालिकाहरुको पठन पाठनमा समस्या थियो । अभिभावकले भनेको मान्दैन थिए तर मालिका माविले यसरी शिक्षकहरु घरमै पठाएर बालवालिकालाई पठन पाठन गर्न लगाउँदा खुसी भएको स्थानीय अभिभावक मनोज लवारले बताउनु भयो ।

यी हुन मालिका माविले पठनपाठनका लागि टोलटोलमा खटाएका शिक्षकहरु:

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार