१ शान्त भएको मनलाइ बिचल्ली बनाइदिन्छ
अन्याय र अत्याचारले त्रसित बनाइदिन्छ ।।
कतिसम्म हो यस्ता कुकार्य भोग्ने र सुन्ने ।
मानब मानब बिचको चर्चा बनाइदिन्छ ।।
२ अन्याय र अत्याचार बिरुद्ध सबैले बोल्नुपर्छ ।
मानबबिचका हकहितका कुरा सबैले खोल्नुपर्छ ।।
म चुप बसे, तपाइ चुप बसे बोल्ने आखिर को छ।
समाज समाजका बिभेद हामी सबैले तोड्नुपर्छ ।।
सरिता नेपाली राष्ट्रिय दलित पत्रकार सघ बाजुराकी कोषाध्यक्ष हुन् । उनी रेडियो बाजुरामा कार्यक्रम प्रस्तोता हुनुहुन्छ ।
फेसबुक प्रतिक्रियाहरु